Wastav Daily || Nepali News Portal
मुख्य समाचार समाचार

ट्राफिक प्रहरी असुलीमा व्यस्त

वीरगंज, ११ मंसिर/पर्साको परवानीपुरमा रहेको ट्राफिक प्रहरी पोस्टमा प्रहरी सहायक निरीक्षक दीपेश सुवेदीको आगमनसँगै असुली धन्दा फस्टाएको जन गुनसाहरू आउन थालेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहत रहेको अति सम्वेदनशील र व्यस्त सड़क वीरगंज-सुख्खा बन्दरगाह -पथलैया औद्योगिक सड़क खण्डलाई जोड्ने मुख्य स्थान परवानीपुर ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका प्रहरी सहायक निरीक्षकले व्यापक रुपमा असुली धन्दा सञ्चालनमा ल्याएको बताइन्छ ।

content ad p2

क्षमताभन्दा बढी ओभर लोड सामान बोकेका कारण राजमार्ग तथा अन्य सडकहरू निर्माण गरिएको केही महिनामा नै भत्कने र तत्काल निर्माण गर्न नसक्दा झन् जीर्ण हुने कार्य बढी हुन थालेपछि वीरगंज सिर्सिया ड्राइपोर्ट तथा विभिन्न उद्योग कल कारखानाबाट निस्कने मालबाहक सवारी साधनमा क्षमताको परिधि निर्धारण गरिएको थियो ।

content left

सुरुमा सो कार्यलाई प्रहरी र ट्राफिक प्रहरीले समेत अति कडाइका साथ लागु गरेका कारण पक्की सडकहरू भत्किएका थिएनन् ।

तर, पछिल्लो समय ओभर लोडबाट नै ट्राफिक प्रहरीले कमिसन खान थालेपछि सडक भत्कने क्रम बढ्दो छ ।

ओभरलोडको कमिशन परवानीपुरका प्रहरी सहायक निरीक्षकले असुल्ने र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सहित प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयासम्म समेत पुग्ने गरेको श्रोतले बताएको छ ।

ओभर लोड गरि समान ढुवानी गर्ने उद्योग धन्दा, व्यवसायी लगायतसँग सेटिंग मिलाउने र निर्वाध रुपमा ओहोर दोहोर गर्न छूट दिएपछि ट्राफिक प्रहरीहरू मोटाए पनि यस क्षेत्रको बाटो अति जीर्ण भई दिनहुँ जसो दुर्घटनाको जोखिम बढेको बताइन्छ ।

सड़क क्षमता भन्दा बढ़ी ओभर लोड भएका सवारी साधनलाई सशस्त्र तथा नेपाल प्रहरीले रोक्ने र ट्राफिक प्रहरीले जरिवाना गर्ने सहमति भएकोमा पछिल्लो समय यस्ता ओभरलोड भएका सवारी साधनलाई कारवाही नगरी कमिसन लिएर छोड्ने गरिएको छ ।

सो क्षेत्रबाट सेटिंग गरेपछि हिँड्ने गाड़ी चेक पोस्टमा पुग्दा ड्राईभरले “फलानो साहूको गाड़ी हो” भनेपछि ट्राफिक प्रहरीले कुनै किसिमको चेकजाँच नगरी जान दिने तथा सेटिंग नगर्ने गाड़ीवाललाई कारवाही गर्ने गरिएको जोकोहिले देख्न सक्छन् ।

प्रतिगाडी एक हजार देखि दुई हजार सम्मका दरले ओभर लोडिङको रकम उठाउने कार्य ट्राफिक प्रहरी कार्यालय परवानीपुरले गर्ने र त्यसको भाग जिल्ला ट्राफिक प्रहरी प्रमुख देखि प्रदेश ट्राफिक कार्यालयसम्म पुग्ने गरेकै कारण ट्राफिक प्रहरीको असुली धन्दा फस्टाएको बताइन्छ ।

परवानीपुर भएर १०, १२ र १६ चक्के ओभरलोडका ठूला मालबाहक गाडीहरू निस्कने गर्दछन् । झण्डै दैनिक ३० देखि ४५ वटा गाडीहरू सो क्षेत्र भइ गन्तव्य तर्फ जाने गरेका छन् ।

केहि समय अघि मात्र यस्तै अवैध असुली र अनियमितता भएपछि प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले परवानीपुर र ड्राईपोर्टका ट्राफिक टोलीलाई तानेर कारवाही गरेको थियो ।

तर यतिखेर भनें कमीशन र सेटिंग मिलाएर आएका ट्राफिक प्रहरी सहायक निरीक्षक दीपेश सुवेदी भनें निर्वाध रुपमा प्रहरी आचरण विपरीतका काममा व्यस्त छन् ।

यसबारे ट्राफिक प्रहरी सहायक निरीक्षक सुवेदीसँग बुझ्न खोज्दा आफू परवानीपुर बाजार तिर भएकोले उनले केहि बोल्न चाहेनन् ।

ट्राफिक प्रहरी र नियमक निकायको यस्तै गैर व्यवसायिक कार्य व्यवहारका कारण हाल बन्दै गरेको ६ लेन सड़क निर्माण सम्पन्न नहुँदै भत्किने खतरा बढ्दो छ ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

वास्तव डेली

तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन सकेन

वास्तव डेली

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वास्तव डेली