Wastav Daily || Nepali News Portal
समाचार

मेयर सरावगीद्वारा महानगरका विभिन्न क्षेत्रको अनुगमन

वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महानगरको विभिन्न क्षेत्रहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी समस्याहरुको बारेमा जानकारी लिएका छन् ।

मेयर सरावगीले आफ्नो नियमित कार्यक्रम अन्गर्त महानगरको विभिन्न क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ । उनले आईतबार महानगरपालिकाको वडा नम्बर ९ मा अनुगमन गरेर विभिन्न समस्याहरुको बारेमा जानकारी लिएका हुन् ।

content ad p2

अनुगमनको क्रममा उनले नगरक्षेत्रमा जथाभावी फोहोर फालिएको पाईएको र त्यसलाई व्यावस्थापन गर्न समेत निर्देशन दिए । उनले वडा नम्बर ९ को ढलनाला खाली स्थानमा थुपारिएको फोहोर व्यावस्थापनका लागि सम्बन्धित निकायलाई सचेत समेत गराए ।

content left

ढलनालामा जथाभावी फोहोरहरु फाल्ने गर्दा नाला जाम हुने र बर्षातमा पानी जमेर महानगरपालिका डुबानमा पर्ने गरेकोले त्यसलाई समयमा नै व्यवस्थित गर्नुपर्ने बताए ।

त्यस्तै महानगर प्रमुख सरावगीले आजै वडा नम्बर १८ भवानपुरमा रहेको विद्यालय र स्वास्थ्य चौकीमा पनि अनुगमन निरीक्षण गरे । अनुगमनका क्रममा उनले विद्यालयहरु समयमा खुल्छ कि खुल्दैन, पठनपाठन नियमित भएको छ कि छैन ? स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवाहरु सहज ढंगबाट भएको छ कि छैन भन्नेबारेमा जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

लेखाअधिकृत कुश्वाहाको गैरजिम्मेवारीले पर्सागढीको एक करोड बढी रकम फ्रिज, नगरको हितविपरित गर्नेलाई कानूनी कारवाही गरिने

वास्तव डेली

नेता पटेल द्वारा सातो माइ मन्दिरको अनावरण

वास्तव डेली

वीरगंज महानगरमा महाभीडन्त, कंग्रेसबाट सिंह र द्धिवेद्दिको चर्चा

वास्तव डेली