वीरगञ्ज ।
पर्साको बहुदरामाई नगरपालिका वडा न. ९ विश्रामपुरबाट प्रहरीले २ जना जुवाडेलाई पक्राउ गरेको छ ।
स्थानीय बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा जुवा खेलीरहेका ६/७ जना भाग्न सफल भएका थिए । उक्त स्थानबाट २१ हजार २ सय ६० रुपैया र ३ बुक ताससहित २ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालकाअनुसार पक्राउ पर्नेमा बहुरामाई नगरपालिका वडा न. ९ निवासी ४० वर्षीय उमेश राउत कुर्मी र सोही ठाउँका ३० वर्षीय लालबाबु प्रसाद रहेका छन् । पक्राउ परेकाहरुविरुद्ध सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता (जुवा) कसुरमा मुद्धा दर्ता गराई आवश्यक अनुसन्धान भइरहेको छ ।

जुवामा संलग्न अन्य फरार रहेकाहरुको खोजी कार्य तिब्र पारिएको प्रहरी नायब उपरिक्षक खनालले बताए ।
यसका साथै जुवातास खेल्ने खेलाउने जस्ता सामाजिक विकृतिजन्य कसुर नगर्न र गरेको थाहा भएमा प्रहरीलाई सुसुचित गर्न पनि उनले आग्रह गरे ।
