Wastav Daily || Nepali News Portal
समाचार

मधुवाहा सिकटा खोलामा बन्ने पूलको मुख्यमन्त्रि राउतद्वारा शिलान्यास

पर्सा, चैत २० / 

पर्साको जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ मधुवाहा  सिकटा खोलाको निर्माण हुन् लागेको पक्कि पूलको आज प्रदेश दुईका मुख्यमन्त्रि लालबाबु राउतले शिलान्यास गर्नु भएको छ ।

content ad p2

कार्यकमलाई सम्बोधन गर्दै मुख्य मन्त्रि राउतले यो गाउँ जनमुखी रहेको बताउदै आफ्ना बिगत सम्झदै उहाले पूलको कुरा त परै जाओस राम्रो बाटो पनि नहुदा गाउँबाट बाहिर जान धेरै सास्ती हुने गरेको थियो उहाले भन्नुभयो । मुख्यमन्त्री राउतले याहाबाट जितेर गएका जनप्रतिनिधि जनतालाई आफ्नो गुलाम सम्झेको जिकिर गर्नु भयो ।

content left

खोलामा पूल नहुदा बिरामीलाई बाहिर लैजान समस्या हुने गरेको उहाले बताउनु भयो । प्रदेश सरकार को सहयोग मा ७ करोड ८५ लाख १० हजारको लागतमा निर्माण हुन लागेको पुल ४२,२५ मिटर लम्बाई रहेको भौतिक पुर्धार बिकास प्राबिधिक कार्यालय का प्रमुख संजय साह ले जनाए का छन ।

यो पुल निर्माण कार्य २ वर्षमा सम्पन गरिने कार्यालय प्रमुखले जनाएका छन। गाउँपालिका अध्यक्ष जालिम मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियार , प्रदेश सांसद पहलाद गिरी,, प्रदेश सांसद सिंगासन साह कलवार, प्रदेश सांसद करिमा बेगम , केन्द्रीय सदस्य बिरेन्द्र यादव, लगायतको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

निधिद्वारा १४औं महाधिवेशनको केन्द्रिय सभापतिमा उम्मेदवारी घोषणा

वास्तव डेली

शिक्षामा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वास्तव डेली

नायिका एलिना परदेशीसँग काठमाण्डौबाट बिहार भाग्ने तयारीमा

वास्तव डेली