पर्सा, चैत २० /
पर्साको जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ मधुवाहा सिकटा खोलाको निर्माण हुन् लागेको पक्कि पूलको आज प्रदेश दुईका मुख्यमन्त्रि लालबाबु राउतले शिलान्यास गर्नु भएको छ ।

कार्यकमलाई सम्बोधन गर्दै मुख्य मन्त्रि राउतले यो गाउँ जनमुखी रहेको बताउदै आफ्ना बिगत सम्झदै उहाले पूलको कुरा त परै जाओस राम्रो बाटो पनि नहुदा गाउँबाट बाहिर जान धेरै सास्ती हुने गरेको थियो उहाले भन्नुभयो । मुख्यमन्त्री राउतले याहाबाट जितेर गएका जनप्रतिनिधि जनतालाई आफ्नो गुलाम सम्झेको जिकिर गर्नु भयो ।

खोलामा पूल नहुदा बिरामीलाई बाहिर लैजान समस्या हुने गरेको उहाले बताउनु भयो । प्रदेश सरकार को सहयोग मा ७ करोड ८५ लाख १० हजारको लागतमा निर्माण हुन लागेको पुल ४२,२५ मिटर लम्बाई रहेको भौतिक पुर्धार बिकास प्राबिधिक कार्यालय का प्रमुख संजय साह ले जनाए का छन ।
यो पुल निर्माण कार्य २ वर्षमा सम्पन गरिने कार्यालय प्रमुखले जनाएका छन। गाउँपालिका अध्यक्ष जालिम मियाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्षेत्र नं ३ का सांसद हरिनारायण रौनियार , प्रदेश सांसद पहलाद गिरी,, प्रदेश सांसद सिंगासन साह कलवार, प्रदेश सांसद करिमा बेगम , केन्द्रीय सदस्य बिरेन्द्र यादव, लगायतको उपस्तिथी रहेको थियो ।
