Wastav Daily || Nepali News Portal
Uncategorized स्वास्थ्य

नारायणी अस्पतालको एक्स-रे मेशिन विग्रियो, विरामीहरु क्लिनिकमा जान बाध्य

वीरगञ्जस्थित नारायणी अस्पतालको एक्स–रे मेशिन बिग्रेको कारण संक्रमितहरु अस्पताल बाहिरबाट एक्स–रे गराउन बाध्य भएका छन् । कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा संक्रमण नियन्त्रण गर्नका लागि वैशाख १६ गतेदेखि ३० गतेसम्म दुई हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

तर, संक्रमित भएर नारायणी अस्पतालमा भर्ना भएका संक्रमितहरुको उपचारका लागि उचित व्यवस्थापन नहुँदा अस्पतालबाटै संक्रमण फैलिरहेको देखिन्छ । उपचाररत संक्रमितहरुलाई एक्स–रे गर्नका लागि अस्पताल बाहिर रहेका क्लिनिकहरुमा जानसपर्ने बाध्यता रहेको छ ।

नारायणी अस्पतालमा ४ वटा एक्स–रे मेशिन रहेको छ तर, विगत लामो समयदेखि नै ३ वटा एक्स–रे मेशिन विग्रेको र एउटा मात्रै सञ्चालनमा रहेको थियो । तर, त्यो पनि विगत ५ दिनदेखि विग्रेको कारण संक्रमितहरुको एक्स–रे अस्पताल बाहिर गर्नुपर्ने भएकाले पनि अस्पतालबाट नै कोरोना फैलिरहेको उपचारमा खटिएका चिकित्सकहरुको भनाइ छ ।

चिमित्सकहरुका अनुसार उक्तअस्पताल अभिभावक विहीन बनेको र पूर्वाधारहरु भएपनि संचालनमा नरहेको कारण संक्रमितहरु अस्पताल बाहिर जानुपर्ने बाध्यता रहरेको छ । जसको कारण अस्पतालबाटै संक्रमण फैलिन सक्ने सम्भावना अत्याधिक बढेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लाभरि नै निषेधाज्ञा जारी गरेको छ । मानिसहरुको आवतजावतमा रोक लगाइएको छ तर, संक्रमण पुष्टि भएकाहरुकै उचित व्यवस्थापन हुन नसकेको कारण संक्रमण झन फैलिरहेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. संजय ठाकुर सम्पर्क विहीन बनेका छन् । सम्पर्क गर्न खोज्दा उनको जहिल्यै पनि मोबाइल स्वीच अफ गरिएको हुन्छ । महामारीको बखत अस्पतालका अभिभावक नै सम्पर्क विहीन बनेपछि अस्पताल लथालिंग हुने स्वभाविक नै हो ।

संक्रमितहरुको स्यहार सुसार तथा उपचारमा लापरवाही, कुरुवाहरु अस्पताल परिसरलगायत बजारमा खुलेआम घुमफिर, जनशक्तिको अभाव, पूर्वाधारको अभाव तथा भएको पूर्वाधारको व्यवस्थापन हुन नसक्नुलगायतका विभिन्न लापरवाहीको कारण संक्रमण समाजमा भन्दा पनि अस्पताल परिसरबाटै फैलिइरहेको छ ।

केही दिनयता वीरगञ्जलगायत पर्सा जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्यामा वृद्धि हुनुको साथै मृत्युदर पनि उच्च रहेको छ । दैनिक १ सयदेखि १ सय ५० जनासम्म संक्रमण पुष्टि भइरहेको छ भने नारायणी अस्पतालमा मात्रै दैनिक २ देखि ६ जनासम्म कोरोना संक्रमितको मृत्यु हुने गरेको छ ।

पछिल्लो चैत मसान्तयता नारायणी अस्पतालमा मात्रै २४ जना पुरुष तथा १३ जना महिला गरि ३७ जनाको मृत्यु भइसकेको छ भने वीरगंजको अन्य अस्पतालमा पनि एक दर्जन बढी संक्रमितले ज्यान गुमाएका छन् ।

चैत मसान्तयता हालसम्म नारायणी अस्पतालमा ४ हजार ५ सय १२ जनाको पीसीआर परीक्षण गरिएको छ, जसमध्ये २ हजार ५ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ४ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

नगर प्रमुख सरावगीको प्रमुख अतिथीमा वडा नं.– ११ पूर्ण खोप वडा घोषणा

वास्तव डेली

पर्सामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

वास्तव डेली