Wastav Daily || Nepali News Portal
स्थानिय

पर्साको पटेर्वा सुगौलीमा पनि मनाइयो १८औं धान दिवस

पर्सा १५ असार ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका कृषि शाखाको आयोजनामा १८ औं धान दिवस मनाइएको छ।

content ad p2

धानको उत्पादनमा वृद्धि, खाद्य सुरक्षा उत्पादनमा आत्मनिर्भर र समृद्धि मुल नाराका साथ आज एक कार्यक्रमको विच धान रोपेर धान दिवस मनाईएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादवले बताएका छन् ।

content left

धान दिवस कार्यक्रममा धान रोपेर गाउँपालिका उपाध्यक्ष ममता चौधरीले उदघाटन गरेकी थिइन्। उनले गाउँपालिकाको किसानलाई उधारणनिय बनाउन पालिका प्रतिबद्ध रहेको र उधारणनिय बन्न कृषक पनि कृषि पेशामा सकृय हुनु जरुरी रहेको उनले सुझाव दिएकी थिइन् ।

कार्यक्रममा कृषि शाखा प्राविधिक गोबिन्द भैया,मोहन चौधरी, पशु शाखा पृथ्वीनारायण साह,वडा अध्यक्ष मोतिलाल साह लगाएको उपस्थिति रहेको र छठिमइया कृषक समुहको अध्यक्ष रामज्योति देवीको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वास्तव डेली