वीरगंज, ०७ साउन ।
पर्सामा एक दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । माट्रिका आई फाउण्डेसनको सहयोगमा यूवा समुह विश्रामपुरले जिल्लाको बहुदरामाई नगरपालिकामा वडा नं.–९ विश्रामपुरमा रहेका मोतियाविन्दुको निःशुल्क चेकजाँच भएको छ ।
विश्रामपुर टोल स्थित रहेको श्री भङ्गी साह क्लेजको प्राङ्गणमा आयोजना भएको निःशुल्क आँखा शिविर कार्यक्रममा २९५ जना मोतियाविन्दुका विरामीहरु फेला परेका छन् । जस् मध्य ११५ जनालाई कार्यक्रममा नै अपरेशन गरी सकुसल घर फर्काइएको छ । बाँकि १८० जनालाई दिन र समय तोकि अस्पतालमा गइ अपरेशन गराउन कार्यक्रमका सभापति डा. अरुण कुमारले सल्लाह दिनुभयो ।

कार्यक्रका प्रमुख अतिथी नेपाल तरुण दलका केन्द्रिय पार्सद हुकुम सिंह राजपुत, विशिष्ट अतिथी नेपला प्रेस युनियनका सचिव किशोर सिंह, वाट एसोसिएटका अध्यक्ष र्आभ प्रकाश गुप्ता, अतिथी भङ्गी साह क्लेजका उपाध्यक्ष प्र.अ. सुधाकर उपाध्याय, अतिथी संतोष कुमार साह, वडा नं. ९ का वडाध्यक्ष दिनेश कुम्हाल, सागर साह, विकास साह, विनोद कुमार साह कार्यक्रम संचालक जयराम पंडित लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।
