वीरगंज, १४ मंसिर ।
वीरगंज स्थित सुख्खा बन्दरगाहमा प्रिष्टिन भ्यालीले आफ्नै निजी कम्पनिको मालवाहक ट्रेनबाट समेत ढुवानी सेवा सुरुवात गरेको छ ।
२८ नोभेम्बर अर्थात १२ मंसिरमा कोलकता स्थित सुख्खा बन्दरगाहबाट हिंडेको ९० कन्टेनर बोकेको मालवाहक गाड़ी मंगलवार विहान ११ बजे तिर वीरगंज आईपुगेको हो ।



वीरगंज आईपुगेको सो मलबाहक ट्रेनलाई प्रिष्टिन भ्याली प्रालि वीरगंजका प्रमुख अतुल शर्माले विधिवत पूजा गरि वीरगंजमा स्वागत गर्नु भएको थियो ।
सो अवसरमा सुख्खा भन्सार बन्दरगाह कार्यालयका प्रमुख डा. लालबहादुर खत्री, भन्सार अधिकृत बलराम केसी. इन्टरमोडेल यातायात विकास समिति वीरगंजका प्रमुख कमल ज्ञवाली, सुभशीष शर्मा लगायतका कर्मचारीहरुको उपस्थितिमा पूजापाठ गरी स्वागत गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस


