Wastav Daily || Nepali News Portal
समाचार

वीरगंज महानगरमा महाभीडन्त, कंग्रेसबाट सिंह र द्धिवेद्दिको चर्चा

वीरगंज, १९ चैत /

मधेस प्रदेशको एकमात्र महानगरपालिकामा चुनावी सरगर्मी जोडशोरले बढेको छ । नगरप्रमुख विजयकुमार सरावगी यस अघि तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए भने अहिले उनी एमालेमा प्रवेश गरेर सोही पार्टीबाट नगरप्रमुखको दाबेदारी गरिरहेका छन् । सरावगीले गत स्थानीय चुनावमा १९ हजार ३९३ मत ल्याएका थिए ।

content ad p2

नेपाली कंग्रेसबाट राकेश सिंह महानगरपालिकाको प्रमुख पदको प्रवल दवेदार रहेका छन् । ठाकुर राम वहुमुखी क्याम्पसबाट ने.वि.संघ को राजनिती गर्दै ने.वि.संघबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजय भई कार्यकाल चलाएका थिए । ने.वि.संघबाट राजनिती गर्दै हाल नेपाली कंगे्रसका राजनिती गरी रहेका सिंह ने.का.का महाधिवेशन प्रति निधि रहेका छन् । नेपाली कंगे्रसबाट सिंहलाई नगरप्रमुखको टिकट पाउने व्यपक चर्चा चलिरहेको छ । त्यसतै गत स्थानीय चुनाव लडेका अजय द्धिवेद्दिले पार्टीको निर्णय अनुरुप जाने बताए । उनले आफुपार्टीको सिपाहि भएको र पार्टीले गर्ने निर्णय स्वीकार्य हुने बताए ।

content left

महानगर प्रमुखमा जनता समाजवादी पार्टीबाट राजेशमान सिंहको नाम अहिले चर्चामा छ । उनी चैत २८ गतेसम्म तत्कालीन लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीपछि सरावगी एमालेमा प्रवेश गरेपछि सिंह जसपामा प्रवेश गरेका हुन् र उनलाई नगरप्रमुखको उम्मेदवार बनाउने जसपाले घोषणा गरिसकेको छ । गत स्थानीय चुनावमा सिंहले १२ हजार १६५ मत ल्याएका थिए ।
जसपाबाट गत स्थानीय निर्वाचनमा उपप्रमुखमा पराजित पिङ्की यादव नै लड्ने पक्कापक्की भएको छ । यादवले गत स्थानीय चुनावमा १८ हजार ५३० मत ल्याएकी थिइन् । उनलाई उपप्रमुख शान्ति कार्कीले १९ हजार ६०७ मत ल्याएर पराजित गरेकी थिइन् ।

यसैगरी, लोसपाबाट पुरुषोत्तमलाल झाको नाम चर्चामा छ भने यो पार्टीबाट उपप्रमुखमा रम्भादेवी मिश्र दाबेदार छिन्, उनले गत स्थानीय चुनावमा १० हजार ६६३ मत ल्याएकी थिइन् । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा नगरप्रमुखमा उम्मेदवार रहवर अन्सारी नै चुनाव लड्ने भएका छन् । उनले गत स्थानीय चुनावमा ८ हजार ३०५ मत पाएका थिए । माओवादीबाट उपप्रमुखको टुङ्गो लागेको छैन । गत चुनावमा माओवादीबाट दुर्गा क्षेत्री उपप्रमुखमा लडेकी थिइन् । उनले ५ हजार २८ मत पाएकी थिइन् । नेकपा माओवादी केन्द्रका पर्सा इन्चार्ज विजय महतोले उपप्रमुखको टुङ्गो नलागेको बताए । उनले गठबन्धन हुने सम्भावना बढी हुने भएकोले उपप्रमुखको टुङ्गो नलागेको बताए ।

गत स्थानीय चुनावमा नेपाल लोकतान्त्रिक फोरमबाट चुनाव लडेका विमल श्रीवास्तवको यसपटक नगरप्रमुखमा दाबेदारी छैन । उनी सङ्घीय संसद्मा निर्वाचित छन् । महानगरमा गत स्थानीय चुनावमा १ लाख ८ हजार ५०१ मतदाता थिए । यसपटकको गणनामा यो सङ्ख्यामा वृद्धि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

मेयर सरावगीद्वारा महानगरका विभिन्न क्षेत्रको अनुगमन

वास्तव डेली

वीरगंज ड्राईपोर्टमा प्रिष्टिन भ्यालीको आफ्नै मालवाहक ट्रेन

वास्तव डेली

तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन सकेन

वास्तव डेली