वीरगञ्ज । वीरगंज महानगरपालिका वाड नं. १९ लक्ष्मीनारयाण टोलमा नेपाल स्वास्थ्यकर्मी पर्साको अध्यक्ष स्व. अनिल कुमार सिंहको घरको प्रङ्गणमा १३ औं दिनको यपुन् तिथीमा नेपाल स्वास्थ्यकर्मी र नेपाल निजामती कर्मचारी युनियनको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
स्वास्थ्यकर्मी संघ पर्साको सभापती स्व. अनिल कुमार सिंह विगत केहि दिन पहिला अष्टे«लियामा वसि रहेका आफ्नो छोरालाई भेटन त्याहाँ पुगेका थिए र त्याहाँ दुर्घटनामा परि वहाको मृत्यु भयो । र आज मंगलवारका दिन १३ दिनको पुन्य तिथीमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपाध्यक्ष अशोक रौनियार, युनियनका पूर्व उपाध्यक्ष, मनोज तिवारी, कर्मचारी युनियन जिल्ला उपाध्यक्ष धिरेन्द्र सिंह, नेपाली कंगे्रस पर्साका जिल्ला उपाध्यक्ष रामनारयण कुर्मी, हुकुम सिंह, प्रेमशंकर सिंह, राजपुत, समाजका सत्येन्द्र सिंह, अनिल सिंह, नगनारायण सिंह, लाल किशोर सिंह, सचितानन्द सिंह, लालबाबु सिंह, राजेन्द्र सिंह, शम्भु सिंह र टोल समाजका गन्यमान व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

बक्ताहरुले स्व. अनिल सिंहले कोभिड १९ मा खेलेको भुमिका सराहनिय रहेको प्रकाश पार्नुको साथै वहाँ सच्चा ईमानदार र राष्ट्रि सेवक रहेको वताएका थिए । कार्मचारी युनियनका उपाध्यक्ष अशोक रौनियारले स्व.सिंह को नाममा अक्षय कोष बनाएर हरेक साल वहाँको पुन्य तिथीमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई पुरषकार दिने घोषणा गरेका थिए । कार्याक्रका प्रमुख अतिथी ने.का.का. उपसभापति अशोक कुमार गुप्ता रहनु भएको थियो भन्ने कार्यक्रम संचालन स्वास्थ्य कार्यालय पर्साका मोहन साहले गरेका थिए ।

