Wastav Daily || Nepali News Portal
मुख्य समाचार

बीरगन्ज महानगरपालिकामा ५ दलिय गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै,सिंहले मतान्तर बढाउदै

बीरगन्ज, ६ जेठ । बीरगन्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहकाे अग्रता कायमै रहेको छ । नेकपा एमालेका उम्मेदवार बिजय सरावगी भन्दा सिंहले दोब्बरभन्दा बढी मतले अग्रता लिइरहेका छन् ।

सिंह र नेकपा एमालेका बिजय कुमार सरावगीबिच ११ हजार ८ सय २७ मतको फराकिलो अन्तर खडा भएकाे छ । बीरगन्ज महानगरपालिकाको पछिल्लो मत गणनाको मत परिमाण अनुसार सिंहले २४ हजार ३ सय १६ मत प्राप्त गरी अग्रता कायमै गरेको छ ।

content ad p2

हाल सम्म ३२ वडा मध्ये मध्ये २० वडाको ४७ हजार ७ सय ५४ मत गणना हुँदा सम्म नेकपा एमालेका उम्मेदवार सरावगीले १२ हजार ४ सय ८९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले १ हजार ४ सय ८७ मत प्राप्त गरेका छन् । शुरु देखि नै मेयर पदमा लिड गरी रहेका राजेशमान सिंह आफ्नो सरावगीसँगको मतान्तर बढाउँदै लगेका छन् । २० वटाको मत गणना सकिदा सम्म दुबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै आएका छन् ।

content left
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

निधिद्वारा १४औं महाधिवेशनको केन्द्रिय सभापतिमा उम्मेदवारी घोषणा

वास्तव डेली

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वास्तव डेली

नायिका एलिना परदेशीसँग काठमाण्डौबाट बिहार भाग्ने तयारीमा

वास्तव डेली