Wastav Daily || Nepali News Portal
मुख्य समाचार

वीरगन्ज महानगरमा गठबन्धनको विजयी

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा गठबन्धनको विजयी भएको छ ।  महानगरको मेयरमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राजेशमान सिंह निर्वाचित भएका छन् । भने उप मेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।

मंगलबार विहान प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले वीरगन्ज महानगरपालिकाको मेयरमा सिंह र उप मेयरमा आलम निर्वाचित भएको घोषणा गरेका छन् । सिंह ४६ हजार २१५ मत प्राप्त गरि महानगरपालिकाको मयरमा निर्वाचित भएका छन् ।

content ad p2

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेबाट मेयर पदका उम्मेदवार विजय कुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरी पराजी भएका हुन । सरावगी भन्दा सिंह २२ हजार ५४४ मत बढि ल्याई महानगरको मेयरमा विजयी भएका हुन् । निर्वाचित सिंहलाई उनका कार्यकर्ताहरुले मतगणना स्थलमै भव्य स्वागत गरेका थिए । उनका शुभचिन्तक सहित कार्यकर्ताहरुले फुलको माला लगाई काँधमा बोकी मतगणना स्थलबाट वीरगन्ज बजार ल्याएका थिए ।

content left

यसैगरि महानगरपालिकाको मेयर पदमा राप्रपाका गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार दिनेश रामले ९८ मत प्राप्त गरेका थिए । यसैगरि स्वतन्त्र उम्मेदवार लक्ष्मी हजारले ९५ मत प्राप्त गरेका छन् भने महम्मद ज्याउल हक हवारीले ३८ मत प्राप्त गरेका छन् । यसरी नै मेयर पदमा स्वतन्त्र उम्मेदवार कैलाश प्रसाद सर्राफ र जमिल राय भाटले शुन्य मत प्राप्त गरेका थिए ।

यसैगरि वीरगन्ज महानगरपालिकाको उपमेयरमा इम्तियाज आलमले ३० हजार ७८ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९ हजार ५६८ मत प्राप्त गरेका थिए । आलम झा भन्दा तेब्बर मत ल्याई उपमेयरमा निर्वाचित भएका हुन् ।

नव निर्वाचित उपमेयर आलमलाई उनका पार्टीका नेता तथा कार्यकर्ताहरुले मतगणना स्थलमा भव्य स्वागत गरेका थिए । उपमेयरमा राप्रपाकी विना जयसवार (कुर्मी) ले ५ हजार ९८८ मत प्राप्त गरेकी थिइन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९०९ मत प्राप्त गरेकी थिइन् । यसैगरि स्वतन्त्र उम्मेदवार अनिता देवीले १९४ मत प्राप्त गरेकी थिइन् भने सालिकराम प्रसाद कानुले २४२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

निधिद्वारा १४औं महाधिवेशनको केन्द्रिय सभापतिमा उम्मेदवारी घोषणा

वास्तव डेली

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वास्तव डेली

नायिका एलिना परदेशीसँग काठमाण्डौबाट बिहार भाग्ने तयारीमा

वास्तव डेली