Wastav Daily || Nepali News Portal
समाचार

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन, ८ चैत ।
जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ उजेलीनगर ५० वर्षीया तीलमाया भुजेलको आज बिहान सुतेकै ठाउँमा हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। भरतपुर १३ गङ्गानगरमा रहेको भाइको घरमा गएको बेला उनलाई हात्तीले आक्रमण गरेको हो।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमै मृत्यु भएको हो। हात्तीले स्थानीयका तीनवटा घरसमेत भत्काएको छ।

content ad p2

हात्तीको आक्रमणबाट भएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ। हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा भुजेललाई हात्तीले आक्रमण गरेको आफन्तले बताएका छन्।

content left
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

नेपाल प्रेस युनियन पर्साद्वारा मन्त्री शर्मा सम्मानित

वास्तव डेली

निधिद्वारा १४औं महाधिवेशनको केन्द्रिय सभापतिमा उम्मेदवारी घोषणा

वास्तव डेली

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वास्तव डेली