Wastav Daily || Nepali News Portal
समाचार

तीन दिने ब्यवसायिक तरकारी खेती तालिम सुरु

वीरगन्ज, ८ चैत ।

वीरगन्ज महानगरपालिकाको कृषि शाखाको आयोजनामा आइतबारदेखी ३ दिने व्यावसायिक तरकारी खेती तालिम शुरु भएको छ । तालिमको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरेका थिए ।

content ad p2

तालिमको उदघाटन गर्दै मेयर सरावगीले निम्न आय भएका किसानहरुलाई व्यावसायिक तरकारी खेती गरेर आत्मनिर्भर बनाउन आर्थिक स्तरमा पनि सुधार ल्याउन सकिने बताए । परम्परागत कृषि खेती गर्ने परिपाटीले लागत पनि नउठ्दा किसानहरु निराश हुने गरेको भन्दै उनले व्यावसायिक कृषि खेती गर्ने तरिका जानेमा आम्दानीको स्रोत बढाउन सक्ने र आर्यआर्जनका लागि पनि सहज हुने विश्वास व्यक्त गरे ।

content left

तीन दिन सम्म चल्ने तालिममा कृषि सम्बन्धी आवश्यक ज्ञान र सीप सिकेर त्यसलाई व्यवहारमा लागू गर्न समेत तालिमका सहभागीहरुलाई उनले आग्रह गरेका थिए ।

नेपालका अधिकांश नागकिर कृषिमा नै निर्भर रहेकाले किसानलाई व्यावसायिक तरकारी खेतीमा आकर्षित गर्न तालिमको आयोजना गरिएको बताए । कृषि शाखाकी प्रमुख उर्मिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वास्तव डेली

तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन सकेन

वास्तव डेली

श्रद्धाञ्जली सभा सम्पन्न

वास्तव डेली