Wastav Daily || Nepali News Portal
समाचार समाज

जुवा खेल्ने उमेश राउत र लालबाबु रंगेहात पक्राउ

वीरगञ्ज ।
पर्साको बहुदरामाई नगरपालिका वडा न. ९ विश्रामपुरबाट प्रहरीले २ जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय बेचु साहको मसुरोबारीमा जुवा खेलाइरहेको बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घेरा हाल्ने क्रममा जुवा खेलीरहेका ६/७ जना भाग्न सफल भएका थिए । उक्त स्थानबाट २१ हजार २ सय ६० रुपैया र ३ बुक ताससहित २ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

content ad p2

पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालकाअनुसार पक्राउ पर्नेमा बहुरामाई नगरपालिका वडा न. ९ निवासी ४० वर्षीय उमेश राउत कुर्मी र सोही ठाउँका ३० वर्षीय लालबाबु प्रसाद रहेका छन् । पक्राउ परेकाहरुविरुद्ध सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा नैतिकता (जुवा) कसुरमा मुद्धा दर्ता गराई आवश्यक अनुसन्धान भइरहेको छ ।

content left

जुवामा संलग्न अन्य फरार रहेकाहरुको खोजी कार्य तिब्र पारिएको प्रहरी नायब उपरिक्षक खनालले बताए ।
यसका साथै जुवातास खेल्ने खेलाउने जस्ता सामाजिक विकृतिजन्य कसुर नगर्न र गरेको थाहा भएमा प्रहरीलाई सुसुचित गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

तीन दिने ब्यवसायिक तरकारी खेती तालिम सुरु

वास्तव डेली

लेखाअधिकृत कुश्वाहाको गैरजिम्मेवारीले पर्सागढीको एक करोड बढी रकम फ्रिज, नगरको हितविपरित गर्नेलाई कानूनी कारवाही गरिने

वास्तव डेली

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

वास्तव डेली