Wastav Daily || Nepali News Portal
समाचार स्वास्थ्य

नगर प्रमुख सरावगीको प्रमुख अतिथीमा वडा नं.– ११ पूर्ण खोप वडा घोषणा

बीरगन्ज, १३ असार ।
बीरगन्ज महानगरपालिकाको वडाहरु क्रमशः पूर्ण खोप वडा घोषणा हुुँदै गइरहेको छ । एकहप्ता भित्रमा वडा नम्बर ६, ८, १३, १४ र १५ पूर्ण खोप घोषणा भएको बीरगन्ज महानगरपालिकाले जनाएको छ । त्यसै गरी महानगरपालिकाले आईतबार वडा नं.– ११ श्रीपुरलाई पनि पूर्ण खोप वडा घोषणा गरेको छ । वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वडा नं.– ११ श्रीपुरलाई आईतबार पूर्ण खोप घोषणा गर्नुभएको हो ।

वडा नम्बर ११ का वडाध्यक्ष प्रदुम्न प्रसाद सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.– ११ का बालबालिकाहरुलाई दिईनुपर्ने १२ प्रकारका खोप पूर्णरुपमा दिई सकिएपछि पूर्ण खोप वडा घोषणा गरिएको वडाध्यक्ष सेढाईले । पूर्ण खोप वडा घोषणा गर्दै अब छिट्टै महानगरपालिकालाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी गरिएको मेयर सरावगीले बताउनुभयो ।

content ad p2

पूर्ण खोप वडा घोषणा कार्यक्रममा वीरगंज महानगरपालिकाका स्वस्थ्य प्रमुख, नगर स्वास्थ्य केन्द्र रानिघाटका प्रमुख, वडासदस्य प्रयाग महतोे, मुस्तकिम हवारी, कुमारी देवी, मिना देवी राम, वडा कार्यालयका सहयोगी किसान महतो कहार, श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालय श्रीपुरका प्रधानायापक अनिल वर्मा लगायत अन्य वडा खोप समन्वय समितिका प्रतिनीधीहरुलाई मेयर सरावगीले दोसल्ला ओढाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

content left

कार्याक्रममा विभिन्न पार्टीका स्थानिय नेता, संञ्चार कर्मी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

नेपाल प्रेस युनियन पर्साद्वारा मन्त्री शर्मा सम्मानित

वास्तव डेली

तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन सकेन

वास्तव डेली

नारायणी अस्पतालको एक्स-रे मेशिन विग्रियो, विरामीहरु क्लिनिकमा जान बाध्य

वास्तव डेली