Wastav Daily || Nepali News Portal
समाचार

नेपाल प्रेस युनियन पर्साद्वारा मन्त्री शर्मा सम्मानित

वीरगंज, १६ साउन /
नेपाल प्रेस युनियन पर्साले प्रदेश नं.– २ का उर्जा तथा खानेपानि विकास मन्त्री ओम प्रकाश शर्मालाई आज एक कार्यक्रमका बिच सम्मानित गरेको छ ।

वीरगंज स्थित एक होटलमा प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा आयोजना भएको सम्मान कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका उर्जा तथा खानेपानि विकास मन्त्री शर्माले प्रदेश २ का सञ्चारकर्मीहरुको हकहितका लागी एउटा नयाँ योजना बिस्तार गर्न आफु लागेको बताउनुभयो । सो योजना विद्युत सम्बन्धीत रहेको र योजना बिस्तार भएपछि प्रदेश २ का टेलिभिजन र रेडियोहरुको लागी राहतको अनुभुति महसुसहुने बताउनुभयो ।

content ad p2

content left

सम्मान कार्यक्रममा प्रमुख अतिथी मन्त्री ओम प्रकाश शर्मा, विशिस्ट अतिथी वीरगंज उद्योग वाण्ज्यि संघका अध्यक्ष सुवोध गुप्ता, प्रजातन्त्रवादि प्रध्यापक संघका उपाध्यक्ष कन्हैया झा, तरुणदलका केन्द्रिय पार्सद हुकुम सिंह, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका सदस्य सन्तोषकुमार मिश्र लगायत अन्य अतिथीहरुको उपस्थीती रहेको थियो । नेपाल प्रेस युनियन पर्साका सचिव किशोरलाल सिंहले कार्यक्रमलाई सहजिकरण गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

शिक्षामा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वास्तव डेली

निधिद्वारा १४औं महाधिवेशनको केन्द्रिय सभापतिमा उम्मेदवारी घोषणा

वास्तव डेली

वीरगंज ड्राईपोर्टमा प्रिष्टिन भ्यालीको आफ्नै मालवाहक ट्रेन

वास्तव डेली