Wastav Daily || Nepali News Portal
मुख्य समाचार समाचार

नायिका एलिना परदेशीसँग काठमाण्डौबाट बिहार भाग्ने तयारीमा

वीरगंज, १३ असोज।
नेपाली चलचित्र क्षेत्रकी उदयीमान नायिका एलिना बाँसकोटा काठमाण्डौबाट बिहार भाग्ने तयारीमा रहेको रहस्य खुलेको छ ।
पर्खिनुस्, तपाईंले गलत सोंच्दै हुनुहुन्छ, नायिका एलिना बाँसकोटा विहेवारी गर्न वा देश नै छोडेर बिहारी भाग्न लागेकी होईनन्, उनी आशुतोष फिल्म प्रोडक्सन प्रा. लि र नमस्ते नेपाल इन्टरटेन्मेट प्रा.लिको ब्यानरमा बन्न लागेको “बिहार से काठमाडौं” नामक भोजपुरी कथानक चलचित्रमा काठमाण्डौबाट बिहार जान लागेकी हुन् ।
बिहीबारदेखि वीरगंजमा सो चलचित्रको हुन लागेको छायाकंनबारे जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रम मापÞर्mत नायिका बाँसकोटा बिहार भाग्न लागेको जानकारी गराइएको छ ।
गोपाल पौडेल र किरण सरकारको निर्माणमा नेपालकै कान्छो निर्देशक नारायण दत्त उपाध्यायको निर्देशनमा बन्न लागेको सो चलचित्रको मुख्य भूमिकामा नायक परदेशी साह र नायिका एलिना बाँसकोटाले अभिनय गर्नु हुनेछ ।
८० लाख देखि एक करोड़को बजेटमा निर्माण हुन लागेको सो पिÞmल्मको छायांकन २८–३० दिन भित्रै सम्पन्न गरिने योजना रहेको निर्माण कम्पनीले जनाएको छ ।

content ad p2

पिÞmल्मले नेपाल–भारत दुई देश बीचको सांस्कृतिक र मैत्री सम्बन्ध, भाषा, रितिथिति परम्परा, काठमाण्डौ जस्तो शहर की छोरी बिहार जस्तो अलग परिवेशका केटासँग जाँदा सामना गर्नु पर्ने अनेक पक्षको चित्रण इत्यादिलाई मनोरंजक एवं पारिवारिक हिसाबले हेर्न मिल्ने गरि निर्माण गर्न लागिएको बताइन्छ ।
नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा नेशनल एवं नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्दीन अंसारी, फिल्मका निर्देशक नारायण दत्त पौडेल, निर्माताको तर्फबाट नवीन अग्रवाल, किरण सरकार, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नायक परदेशी साह, नायिका एलिना बाँसकोटालगायतको सहभागिता रहेको थियो ।

content left

नायिका एलिनाले आईएम क्रेजी, अहिंसा, जननी, फेरिफेरी, अदालत, अंजली, तलासलगायतका नेपाली पिÞmल्महरूमा अभिनय गरिसक्नु भएको छ । साथै उनले साउथ इंडियन पिÞmल्म चेन्नई–३मा डागा–डागा भन्ने आइटम गीतमा समेत अभिनय गरिसक्नु भएको छ । “बिहार से काठमाण्डौ” नायिका एलिनाको पहिलो भोजपुरी पिÞmल्म हो भनें नायक परदेशीले यसअघि एसपी खरेल, जब प्यार किया तो डरना क्या, दीवाना–२, जय मधेश, देश प्रेमीलगायत झन्डै एक दर्जन भोजपुरी पिÞmल्ममा नायकको भूमिकामा अभिनय गरिसकेका छन् भनें चार वटा नेपाली चलचित्रमा समेत अभिनय गर्नु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

वास्तव डेली

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

वास्तव डेली

ट्राफिक प्रहरी असुलीमा व्यस्त

वास्तव डेली