Wastav Daily || Nepali News Portal
समाज

गुरु पुर्णिमाको शुभ अवसरमा सशस्त्र प्रहरीद्वारा गढीमाई मन्दिर सरसफाई

वीरगंज, ०९ साउन ।
गुरु पुर्णिमाको शुभ अवसरमा सशस्त्र प्रहरीद्वारा बाराको गढीमाई मन्दिरको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.कवा बाराबाट गुरु पुर्णिमाको शुभ अवसर पारेर महागढीमाई नगरपालिका ०२ बरियारपुर स्थित गढीमाई मन्दिरको प्राङ्गण तथा मन्दिर परिसरका स्थानहरुमा सरसफाई भएको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.कवाका सुचना अधिकारी एंव सशस्त्र प्रहरी नायब उपरीक्षक संजिब पाण्डे बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.कवा बाट गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको नेतृत्वमा ४५ जना सशस्त्र प्रहरीको समुहले सरसफाई कार्यक्रम गरेको थियो ।

कार्यक्रम विहान ०७ः३० बजे देखि १०ः०० बजे सम्म रहेको थियो । कार्यक्रमा गढीमाई मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष लगायत पदाधिकारीहरुको समेत सहभागिता रहेको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.कवाका सुचना अधिकारी एंव सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डे बताउनुभयो ।

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

जुवा खेल्ने उमेश राउत र लालबाबु रंगेहात पक्राउ

वास्तव डेली

राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न

वास्तव डेली