वीरगंज ।
शिक्षाको लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा र समाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सहयोगमा युथ कन्सल्टेन्सी फलोअप रिफलेक्सन मिटिङ्गमा शिक्षामा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसी नेपालका संयोजक रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षामा युवा ,स्थानिय सरकार लगायतको भुमिका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा एनजीओसिसिका सल्लाहकार वृजकिसोर पटेलले बिद्यालयहरुमा शिक्षकको दरवन्दी भएतापनि स्थानिय सरकारको कमी कमजोरीले गर्दा पठन पाठनमा समस्या भएको बताउनुभयो । कार्यक्रमको संयोजक रामनरेश यादवले राजनितिक चलखेल, अभिभावकको कमी कमजोरी र स्थानिय सरकारको कमीकमजोरीका कारण पठन पाठनमा समस्या भएको बताउनुभयो । कार्यक्रममा एनजिओसिसिका अध्यक्ष ईब्राहिम देवान,उपाध्यक्ष रामाकान्त प्रसाद कुर्मी, महासचिव रामप्रवेश साह, कोषाध्यक्ष बिनोद प्रसाद यादव, सचिव निर्मला भट्टराई लगायत २८ जनाको सहभागिता रहेको थियो ।

