Wastav Daily || Nepali News Portal
समाचार

शिक्षामा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वीरगंज ।
शिक्षाको लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा र समाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सहयोगमा युथ कन्सल्टेन्सी फलोअप रिफलेक्सन मिटिङ्गमा शिक्षामा युवाहरुको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनसी नेपालका संयोजक रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षामा युवा ,स्थानिय सरकार लगायतको भुमिका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा एनजीओसिसिका सल्लाहकार वृजकिसोर पटेलले बिद्यालयहरुमा शिक्षकको दरवन्दी भएतापनि स्थानिय सरकारको कमी कमजोरीले गर्दा पठन पाठनमा समस्या भएको बताउनुभयो । कार्यक्रमको संयोजक रामनरेश यादवले राजनितिक चलखेल, अभिभावकको कमी कमजोरी र स्थानिय सरकारको कमीकमजोरीका कारण पठन पाठनमा समस्या भएको बताउनुभयो । कार्यक्रममा एनजिओसिसिका अध्यक्ष ईब्राहिम देवान,उपाध्यक्ष रामाकान्त प्रसाद कुर्मी, महासचिव रामप्रवेश साह, कोषाध्यक्ष बिनोद प्रसाद यादव, सचिव निर्मला भट्टराई लगायत २८ जनाको सहभागिता रहेको थियो ।

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

मधुवाहा सिकटा खोलामा बन्ने पूलको मुख्यमन्त्रि राउतद्वारा शिलान्यास

वास्तव डेली

वीरगंज महानगरमा महाभीडन्त, कंग्रेसबाट सिंह र द्धिवेद्दिको चर्चा

वास्तव डेली

नेता पटेल द्वारा सातो माइ मन्दिरको अनावरण

वास्तव डेली