Wastav Daily || Nepali News Portal
समाचार

नेता पटेल द्वारा सातो माइ मन्दिरको अनावरण

वीरगञ्ज ०७ बैशाख /

बहुदर माई नगरपालिका-२ पिपरा स्थित सातो माई मन्दिरको आज एक समारोहका बिच जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अनावरण गर्नु भएको छ ।

content ad p2

एतिहासिक सातो माईको मन्दिर जीर्ण भए पश्चात पर्सा क्षेत्र न.२ ख का प्रदेश सान्सद रमेश प्रसाद कुर्मीको संसदीय बिकास कोषबाट रु पाँच लाख र बहुदर माइ नगरपालिका वडा न.२ का वडा अध्यक्ष जितेन्द्र पटेलको वडा स्तरिय बजेट बाट रु दस लाखको लागतमा पर्खाल सहितको मन्दिर निर्माण भएको हो ।

content left

बहुदर माइ नगरपालिका वडा न.२ का वडा अध्यक्ष जितेन्द्र पटेल र जसपा पर्साका सचिव राजेश साहको बिशेश उपस्तिथि र स्थानिय भद्रभलादीहरुको भब्य सहभागितामा बिशेश धार्मिक अनुस्ठान गरि माताको प्राण प्रतिशठान भएको पुजामा सहभागी जसपा बहुदर माई नगरपालिका का नगर अध्यक्ष कृष्ण यादवले बताउनुभयो ।

बहुदर माई नगरपालिकाका प्रख्यात पुरोहित केदार पन्डीतको नेतृत्वमा सम्पन्न आजको पुजा बेदिमा श्रीमान श्रीमती महेन्द्र प्रसाद सिह बसेका थिए भने गाउँका सयकडौ जनाले हवनमा सहभागीता जनाएका थिए । मन्दिर निर्माणबाट स्थानिय महिला सजन्बृदहरु प्रसन्न भएको समाजसेवि श्रवन राउतले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

वीरगंज ड्राईपोर्टमा प्रिष्टिन भ्यालीको आफ्नै मालवाहक ट्रेन

वास्तव डेली

नेपाल प्रेस युनियन पर्साद्वारा मन्त्री शर्मा सम्मानित

वास्तव डेली

मेयर सरावगीद्वारा महानगरका विभिन्न क्षेत्रको अनुगमन

वास्तव डेली